+
+
Shares

न्युजिल्याण्डकी प्रधानमन्त्रीले गरिन् इंगेजमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते १४:५८

२० वैशाख, काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेनले लामो समयदेखिको केटा साथी टेलिभिजन पत्रकार क्लार्क गेफोर्डसँग इंगेजमेन्ट गरेकी छन् ।

शुक्रबार प्रधानमन्त्री अर्डेनको देब्रे हातको माझीऔंलामा हिराको औंठी देखिएपछि उनीहरुको इंगेजमेन्ट भएको अनुमान गरिएको थियो ।

अर्डेनका प्रवक्ताले उक्त खबर सत्य भएको पुष्टि गरे । यो जोडीको पहिलो सन्तानको रुपमा गत वर्ष प्रधानमन्त्री अर्डेनले छोरी जन्माएकी थिइन् । अर्डेन पदमा रहेकै बेला सन्तानलाई जन्म दिने विश्वकै दोस्रो नेतृ हुन् । पहिलो भने पाकिस्तानकी बेनजिकर भुट्टो हुन् ।

न्युजिल्याण्डका सञ्चार माध्यमहरुका अनुसार अर्डेन र गेफोर्डबीच पहिलो पटक एक अवार्ड वितरण कार्यक्रममा सन् २०१२ मा भेट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?