
काठमाडौं । प्रथम प्यारामाउण्ट कप विद्यालयस्तरीय छात्रा भलिबलको उपाधि न्यू डायमण्डले जितेको छ ।
शनिवार भएको फाइनलमा न्यू डायमण्डले आयोजन प्यारामाउण्टलाई ३-० को सोझो सेटमा हरायो । पहिलो सेटमा २१-२३ ले पछि परेको न्यु डायमण्डले खेलमा फर्कदै लगातार चार अंक जोडेपछि २५-२३ को सेटमा आफ्नो पक्षमा पारेको थियो । दोश्रो र तेश्रो सेटका न्यु डायमण्डले आयोजकलाई २५-१७ र २५-१४ मा रोक्दै च्याम्पियन बन्न सफल भयो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी न्यू डायमण्डकी बाल्मिका आचार्यले सर्वोकृष्ट खेलाडीको उपाधि जितिन् । बिद्यागततर्फ उत्कृष्ट स्पाईकरको उपाधि प्यारामाउण्टकी सृष्टि खड्कीले जितिन् ।
आयोजक प्यारामाउण्टकै अनिषा श्रेष्ठ उत्कृष्ट सेटर चुनिइन् । न्युडायमण्डकी रश्मिता दुराले उत्कृष्ट डिफेन्स, रिया कुवँरले उत्कृष्ट सर्भरको उपाधि हात पारे । उत्कृष्ट प्रशिक्षकको उपाधि न्यु डायमण्ड एकेडेमीका पि्रन्सिपल समेत रहेका प्रशिक्षक कुमार राईले हात पारे ।
तेश्रो स्थानका लागि भएको खेलमा आयोजकको बी टिमले परोपकार नेपाललाई २५-२३,२१-२५,२५-२३, १९-२५ र १५-१० को सेटमा हरायो ।
प्रतिक्रिया 4