Comments Add Comment

नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन दर्ता, छलफल आजबाट

२२ वैशाख, काठमाडौं । सरकारले संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममाथि आजबाट प्रतिनिधिसभामा छलफल हुने भएको छ ।

राष्ट्रपतिले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसद्का सदस्यबीच छलफल गर्ने परम्पराअनुरुप प्रतिनिधिसभामा आजबाट त्यसमाथि छलफल हुन लागेको हो ।

अहिले बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची तय भएकाे संघीय संसद् सचिवालयले जनाएको छ । छलफल केही दिन जारी रहने छ ।

संसद् सचिवालयका अनुसार, नीति तथा कार्यक्रममाथि विभिन्न ६ वटा संशोधन दर्ता भएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले शनिबार बसेको संसदीय दलको बैठकलगत्तै संशोधन दर्ता गराएको छ । कांग्रेसले राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ पदावली संशोधनलाई जोडतोडका साथ उठाएको छ । त्यस्तै, प्रदेश र स्थानीय सरकारको क्षेत्रात्रिकारमाथि हस्तक्षेप गरी संघीयता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत संरचना कमजोर पार्ने कार्यक्रम ल्याइएको भन्दै त्यसलाई परिमार्जन गर्न पनि उसले माग गरेको छ । कांग्रेसले सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सक्ने गरी कार्यक्रमगत प्रष्टता नभएको टिप्पणी गरेको छ ।

नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने र आवश्यक परिमार्जनसहित संसद्बाट पारित गर्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment