Comments Add Comment

धरानलाई राजधानी बनाउन माग गर्दै प्रदेशसभा अगाडि प्रदर्शन

२२ वैशाख, विराटनगर । प्रदेश १ को राजधानी सुनसरीको धरानलाई बनाउन माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ ।

धरान उपमहानगरपालिकाको अगुवाइमा धरानलाई राजधानी घोषणा गर्न माग गर्दै धरानवासीले प्रदेशसभा अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले सिट्ठी फुकेर प्रदर्शन गरिरहेका छन् ।

प्रदेशकाे राजधानीकाे सहमति खाेज्न संसद भवनस्थित संसदीय दलकाे नेताकाे कार्यकक्षमा सर्बदलीय बैठक बसिरहेकाे छ । राजधानी बृहत् विराट क्षेत्र विकास भित्र राख्ने या विराटनगर अगाडिपछाडि राख्ने भन्ने विवाद कायम छ । 
मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकमा कांग्रेसका संसदीय दलका नेता राजीव काेइराल, संघीय समाजवादी फोरम नेपालका संसदीय दलका  नेता जयराम यादवलगायतको उपस्थित रहेको छ ।
स्थायी राजधानी तोक्ने तयारी गरेको प्रदेश १ सरकारले केही दिनअघि मात्रै साविकको पूर्वाञ्चलको राजधानी धनकुटालाई सम्पर्क राजधानी बनाउने निर्णय गरेको थियो ।
दलको नेताको कार्यकक्षमा जारी बैठक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment