Comments Add Comment

सिबिएसई रिजल्टमा पनि डिएभी उत्कृष्ट

२२ वैशाख, काठमाडौ । ललितपुर स्थित डिएभी शुशील केडिया विश्व भारती विद्यालयले शैक्षिक शत्र २०१८/१९ को सिबिएसई बोर्डमा नतिजामा उत्कृष्ट स्थान प्राप्त गरेको छ । विद्यालयको रिजल्ट नेपालमा सञ्चालनमा रहेका सिबिएसई दशजोड दुई मध्यको उत्कृष्ट रहेको विद्यालयकी प्रार्चाय भुवनेश्वरी रावले बताइन् ।

सिविएसई बोर्डको वेभसाइटमा प्रकाशित नतिजा अनुसार डिएभी विद्यालयका गौरब अग्रवालले कर्मश संंकायबाट ९७.२० प्रतिशत प्राप्त गरि प्रथम स्थान हासिल गरेका छन । त्यसैगरि डिएभीका कर्मश संकायबाटै शिवम वरमेचाले ९६.२० प्रतिशतसहित दोस्रो स्थान प्राप्त गरेका छन् ।

त्यसैगरी कर्मश संकायबाटै आयुशा हरलालका र मल्लिका सारदा र विज्ञान संंकायका काशि शर्माले ९६ प्रतिशत प्राप्त गरि तेस्रो भएका छन् । विज्ञान र व्यवस्थापन दुबै संकाय गरि डिएभीका सम्पुर्ण विद्यार्थी उत्तीर्ण भएका छन भने ति मध्ये २६ जना विद्यार्थीहरुले ९० प्रतिशत भन्दा माथिको नतिजा ल्याउन सफल भएका छन् । गतवर्षहरुमा जस्तै यस वर्ष पनि डिएभी विद्यालयले शत प्रतिशत नतिजा प्राप्त गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment