Comments Add Comment

लब्ली प्रोफेसनल युनिभर्सिटी एडमिसन अफिस काठमाडौंमा

२२ वैशाख, काठमाडौं । भारतको नीजि क्षेत्रको सबैभन्दा ठूलो विश्वविद्यालय लब्ली प्रोफेसनल युनिभर्सिटी (एलपियू)ले आफ्नो एडमिसन अफिस राजधानीको बागबजारमा स्थापना गरेको छ । एलपयिू ले रोहिनी एजुकेसन एण्ड भिसा सर्भिसेज संग सहकार्य गरि आफ्नो कार्य आरम्भ गरेको हो ।

शनिवार आयोजित एक कार्यक्रमका बीच एलपियूका एडिसनल डाइरेक्टर अमन मित्तल तथा ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डे ले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै केहि संस्थाहरुले सहि सूचना र परामर्श नदिँदा समग्रमा यो क्षेत्र बद्नाम भएको तर यसको वास्तविकता त्यस्तो भने नभएको नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष बिष्णुहरी पाण्डेले बताए ।

अहिले नेपाल बाट सबैभन्दा बढि विद्यार्थी भारत अध्ययनका लागी गएको तर यसको तथ्याङ्क भने नरहेको उनले दावि गरे ।

कार्यक्रममा बोल्दै संविधान विद् तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ ल का डिन डा. विपिन अधिकारीले शिक्षाको सर्टिफिकेटले नभएर गुणस्तरले मापन हुने बताए । उनले आवश्यकता हेरेर आफ्नो लागि सहि संस्था चुन्नुपर्ने जनाए ।

कार्यक्रममा बोल्दै एलपियुका एडिसनल डाईरेक्टर अमन मित्तलले नेपालका विद्यार्थीहरुलाई छात्रवृति दिइने तथा नेपालका विद्यार्थीका लागि यो राम्रो अवसर हुने बताए ।

कार्यक्रममा बोल्दै भारतीय राजदुतावासका शिक्षा तर्फका द्वितिय सचिव निरज जैसवालले एलपियू नेपाली विद्यार्थीहरुका लागि निक्कै उपयोगी हुने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment