Comments Add Comment

प्रधानमन्त्रीको स्पष्टीकरणः रामनाथ कोविन्दले त ६३ पटक ‘मेरो सरकार’ भनेका छन्

२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु स्वभाविक भएको बताएका छन् ।

शनिबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकमा ओलीले लामो सम्बोधन गरे । सम्बोधन सकिसकेपछि उनले फेरि बोल्दै ‘मेरो सरकार’ विवादमा स्पटीकरण दिएका हुन् ।

राष्ट्रपतिले मेरो सरकार भन्नु राजर्शी ठाँट नभई अन्तराष्ट्रिय अभ्यास भएको भएको उनले बताए । नबुझेकाहरुले वा बुझिबुझी विरोध गर्नेहरुले यसलाई मुद्दा बनाएको भन्दै रक्षात्मक हुनु नपर्ने बताए ।

राष्ट्रपतिका लागि सरकार जसको बनेपनि मेरो सरकार भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो मा त २१ पटक भन्नु भएछ । भारतमा वर्तमान राष्ट्रपति रामनाथ कोविन्दले त कम्तिमा ६३ पटक मेरो सरकार (माई गभमेन्ट) भन्नु भएको छ ।’

भारतमा कांग्रेसको पालामा राष्ट्रपति प्रणव मुखर्जीले भाजपा सरकारको पालामा समेत मेरो सरकार भनेको उनले सुनाए । त्यो सम्बोधन यूट्युबमा पाइने भन्दै उनले सांसदहरुलाई भने, लाइभ सुनाइदिऊँ ?’

सांसदहरुले गलल हाँसेपछि ओलीले इच्छा हुनेहरुलाई आफैं सुन्न अग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment