Comments Add Comment

खुलेकी जाहन्वी

जाहन्वी बस्नेत अहिले चलचित्र क्षेत्रमा जम्ने कोशिशमा छिन् । जाहन्वीको पृष्ठभूमी नै चलचित्रसँग जोडिएकाले पनि उनलाई यो क्षेत्रको बारेमा धेरै जानकारी छ । उनी, कलाकार जयकिशन बस्नेतकी छोरी हुन् । जाहन्वी अहिले चलचित्र ‘यात्रा’मा काम गरेपछि चर्चामा छिन् । उनी, यो चलचित्रकी मुख्य नायिका त होइनन् तर पनि दर्शकले उनलाई नोटिस गरेका छन् ।

हुनत, उनले चलचित्र ‘पञ्चायत’मा पनि काम गरिसकेकी छिन् । साथै, उनले केही म्यूजिक भिडियोमा पनि काम गरेकी छिन् । शनिबार आयोजना भएको ‘डी सिने अवार्ड’मा नायिका बस्नेत हट बनेर पुगिन् । कालो र रातो रंगको पहिरनमा पुगेकी जाहन्वी क्यामेराको अगाडि पोज दिदै गर्दा निर्धक्क देखिइन् ।

अब, उनमा पनि विस्तारै आत्मविश्वास बढेको प्रष्ट देखिन्थ्यो । हुनत, उनले अहिलेसम्म सोलो नायिकाको रुपमा आफूलाई उभ्याएन सकेकी छैनन् । तर, जाहन्वीले अब आफूलाई नायिकाको रुपमा उभ्याउन आवश्यक छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment