Comments Add Comment

उपेन्द्र र बाबुरामको एकता घोषणा सोमबार, बन्ने भयो समाजवादी पार्टी

२१ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ हुनेछ भने डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै पार्टी अध्यक्ष हुनेछन् । भट्टराईले संघीय परिषद् र यादवले केन्द्रीय समितिको अध्यक्षता गर्ने सहमति जुटेको छ ।

नेताहरुका अनुसार संघीय परिषद्लाई केन्द्रीय समितिको निर्णय उल्टाउने अधिकार हुनेछ ।

पार्टीको पदाधिकारीमा फोरमका १६ र नयाँ शक्तिको हेडक्वाटरमा रहेका ९ जना गरी २५ सदस्यीय हुनेछ । केन्द्रीय सदस्य -नयाँ शक्तिको १५१ र फोरमका २०० बढी) हुनेछ भने संघीय परिषदमा एक हजार बढी सदस्य हुने छन् । जिल्ला संरचना पनि दुबै पार्टीको मिलाइनेछ ।

पार्टी एकता घोषणा कार्यक्रम बैशाख २३ गते सोमबार प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

सरकारलाई अल्टिमेटम

फोरम र नयाँ शक्तिको पार्टी एकता वार्ता संघीय सरकारमा आएर अडि्कएको थियो । नयाँ शक्तिले तत्काल सरकार छाड्नुपर्ने प्रस्ताव गरेको थियो भने फोरमले पार्टी एकतापछि यसबारे निर्णय गर्ने जवाफ दिएको थियो ।

स्रोतका अनुसार संविधान संशोधनसहितका माग पुरा गर्न सरकारलाई अल्टिमेटम दिने र त्यो अवधिमा माग पुरा नभए सरकार छाड्ने सहमति भएको छ ।

प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका एक सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment