Comments Add Comment

केटीको निहुँमा पुल्चोकमा ग्याङ फाइट, अन्सलले ज्यान गुमाए

२० वैशाख, काठमाडौं । ललितपुरको पुल्चोकमा युवाहरुको दुई समूहबीच भएको ग्याङ फाइटमा एक जनाको मृत्यु भएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले कृष्ण तामाङसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझ ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित सुमेरु अस्पताल नजिकको गल्तीमा ग्याङ फाइट भएको थियो । १२/१४ जना युवाहरुको समूहमा भएको झडपमा २० वर्षका अन्सल शाक्यको मृत्यु भएको छ ।

झडपमा घाइते भएका उनलाई ६ः४५ बजे सुमेरु सिटी अस्पताल पुर्याइएको थियो । तर, ७ बजे चिकित्सकले मृत घोषित गरेका छन् ।
उनको टाउको, छाति लगायतका स्थानमा धारिलो हतियार प्रहार गर्दा गम्भीर चोट लागेको थियो ।

प्रहरीका अनुसार दुई समूहबीच केटीको निहुँमा झडप भएको थियो । संलग्न कृष्ण तामा सहित ६ जना नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी नारायणप्रसाद चिमोरियाले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment