+
+
Shares

‘मेरो सरकार’ हटाउन कांग्रेसले हाल्यो संशोधन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २१ गते १६:३७

२१ वैशाख, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा संशोधन दर्ता गरेको छ । शनिबार संसदीय दलको बैठक लगतै प्रमुख सचेतक बालकृष्ण खाड, सांसदहरु मिनेन्द्र रिजालसहित २४ सांसदले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

कांग्रेसको पहिलो संशोधन ‘मेरो सरकार’मा छ । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गर्न गरेको संविधानका धाराहरु विपरित भएको भन्दै कांग्रेसले नेपाल सरकार भन्न संशोधन हालेको छ ।

प्रदेश र स्थानीय सरकारको क्षेत्रात्रिकारमाथि हस्तक्षेप गरी संघीयता कमजोर बनाउने, लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत संरचना कमजोर पार्ने कार्यक्रमहरु हटाउनु पर्ने उसको संशोधन छ । नीतिगत प्रष्टतासहित सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न सक्ने कार्यक्रमगत प्रष्टता नभएको संशोधनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?