Comments Add Comment

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम ६५ करोड

२२ बैशाख, काठमाडौं । मंगलबार देखि ओरोलो लागको सेयर बजारमा आइतबार पनि दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार बुलिस ट्रेण्डमा जाने आंकल भईरहेका बेला निरन्तरको ओरालो गतिले लगानीकर्ताहरु अन्योलमा परेका छन् ।

आइतबार बजार परिसूचक नेप्से १६.७१ अंकले घटेर १२७७.६८ मा आईपुगेको छ । बजार ओरालो लागेसंगै कारोबार रकम पनि ६५ करोड ३ लाख रुपैंयामा खुम्चीएको छ । आइतबार १७५ कम्पनीका २३ लाख १२ हजार ५३० कित्ता शेयरहरु किनबेच भएको छ ।

बजारमा आइतबार उत्पादन समुहमा २०.८ र बजारका अन्य समुहमा १.१२ अंकको   सुधार आए पनि प्रमूख सूचकहरु सबै नकारात्मक बन्यो ।

आइतबार वाणिज्य बैंक १६.०२, जीवन बीमा १२७.०२, जलविद्युतमा ५३.८८, लघुवित्त २५.८७, निर्जीवन बीमामा २४.७३, होटल १९.६१, विकास बैंक १७.४४ र वित्त समुहमा २.४ अंकको गिरावट आएको छ

आइतबार मलि्टपर्पोज फाइनान्स, युनाइटेड फाइनान्स, शिवम सिमेन्ट, नेरुडे लघुवीत्तका लगानीकर्ताले धेरै कमाए पनि कमाए भने चिलिमे हाइड्रो, अरुण भ्याल्ली हाइड्रो, एभरेष्ट इन्स्योरेन्स लगायत कम्पनीका लगानीकर्ताले धेरै गुमाए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment