Comments Add Comment

वैशाख २८ गते एमकेडब्लु वेल्ट एन्ड रोड च्याम्पियनसिप रेस्लिङ

२३ वैशाख, काठमाडौं । नेपाल रिङ रेस्लिङ संघले डिस होमको सहकार्यमा बैशाख २८ गते शनिवारका दिन ‘एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप’को आयोजना गर्न लागेको छ । त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते ३ बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एमकेडब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागीता रहेको छ ।

नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर, ठाकु, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी अमेरिकाबाट एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग साम, चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी हङकङका के सी, चियरम्यान एएल, मिचेल र न्यूजिल्यान्डका टोमी कम्ब्याट भिड्दैछन् । रेफ्रिमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश थयोखड्का रहेका छन् ।

प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा ‘वेल्ट एण्ड रोड च्याम्पियन’ र ‘वल्र्ड च्याम्पियन’को वेल्ट प्रदान गरिने छ । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् । प्रतियोगिताको मिडिया पार्टन डिस मिडिया नेटवर्क लिमिटेडले एक्सन स्पोर्टसबाट प्रसारण गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment