Comments Add Comment

इंग्ल्यान्डद्वारा पाकिस्तान पराजित

Photo Credit : आईसीसी

२३ वैशाख, काठमाडौं । घरेलु टोली इंग्ल्यान्डले टी-२० क्रिकेट खेलमा पाकिस्तानलाई पराजित गरेको छ ।

एक खेलको टी-२० क्रिकेट खेलमा पाकिस्तानलाई इंग्ल्यान्डले सात विकेटले पराजित गरेको हो । १७४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले १९.२ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो ।

इंग्ल्यान्डका लागि कप्तान इओन मोर्गनले अविजित ५७ रन बनाए । उनले २९ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । त्यस्तै जोइ रुटले ४७ रन बनाउँदा जोम्स भिन्सले ३६ रन बनाएका थिए ।

सोफिया गार्डेन्समा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । पाकिस्तानका लागि बाब र अजामले ६५ र हरिस सोहइलले ५० रन बनाएका थिए । बलिङतर्फ जोफ्रा अर्चरले दुई विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment