Comments Add Comment

वाटफोर्डमाथि चेल्सीको सहज जित, च्याम्पियन्स लिग खेल्ने पक्का

२३ वैशाख, काठमाडौं । चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ । यससँगै चेल्सीले आउँदो सिजन च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ ।

आइतबार राति भएको खेलमा चेल्सीले आफ्नै घरेलु मैदानमा वाटफोर्डलाई ३-० गोलअन्तरले पराजित गरेको छ । चेल्सीको जितमा लोफ्टस चेक, डेभिड लुइज र गोन्जालो हिगुइनले गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलको चेल्सीले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । खेलको ४८औं मिनेटमा चेकले गोल गरेका थिए । ५१औं मिनेटमा डेभिडले गोल गरेपछि चेल्सीले २-० गोलको अग्रता बनाएको थियो ।

खेलको ७५औं मिनेटमा हिगुइनले गोल गर्दै चेल्सीलाई ३-० गोलको सहज जित दिलाए ।

अर्को खेलमा भने आर्सनलले बिग्टोनसँग १-१ गोलको बराबरी खेलको छ । त्यस्तै, म्यानचेस्टर युनाइटेडले भने हडर्सफिल्डसँग १-१ गोलको बराबरी खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment