Comments Add Comment

कार्यकर्तालाई प्रचण्डको आग्रह : महाविवाद सुरु गरौं

२२ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता लगभग पुरा भएको भन्दै महाविवाद सुरु गर्न आह्वान गरेका छन् । भोलि पार्टीको बैठक बसेर भ्रातृ संगठनहरुको एकता टुंग्याउने तयारी भइरहेको भन्दै उनले लगतै जिल्ला अधिवेशनमा जानुपर्ने बताए ।

कार्लमार्क्सको २०१ औं जन्मजयन्तीका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले कम्युनिस्ट आन्दोलन र पार्टीमा व्यत्तिवाद हावी भएको बताए ।

पार्टीमा हार्किदता कम भएको र लाखौं कार्यकर्ता माझ पनि एक्लो अनुभूति हुन थालेको भन्दै उनले भने, ‘अहिले हामी लाखौं पार्टी सदस्य छौं, राज्यसत्ताको नेतृत्व गर्ने ठाउँमा छौं । तर, हामीमा हिजाको त्याग, तपश्या, निष्ठा कति छ भन्ने फर्केर हेर्दा बडो विचित्र लाग्छ । हामी कता गइरहेका छौं भन्ने गम्भीर प्रश्न खडा हुन्छ ।’

‘थोरै हुँदा संसारै जितिन्छ भनेको जस्तो मान्ने हामी अहिले सबै हुँदा केही पनि सकिँदैन क्यारे भने जस्तो किन भएको छ ?’ उनले प्रश्न गरे । उनले अघि भने, ‘हामी ८/९ लाख कार्यकर्ता छौं । यत्रो कार्यकर्ताको पंक्ति हुँदा जे पनि गर्न सक्छु भनेर आँट आउनुपर्ने । दलाल नोकरशाही एकैदिन लखेट्न सक्नुपर्ने तर, सक्दैनौं जस्तो लाग्छ ।’

पार्टी र कम्युनिस्ट आन्दोलनमा हार्दिकता कम हुँदै गएको पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको विश्लेषण छ । ‘साथीहरु देख्दा रिस उठे जस्तो, देख्न नपरे पनि हुन्थ्यो, बोल्नै नपरे पनि हुन्थ्यो किन भएको छ ?’ उनले भने, केही मिस भएको छ ।’

त्यसलाई सच्चाउन पार्टीमा महान बहस सुरु गर्न आवश्यक भएको उनले निष्कर्ष छ । २१ औं शताब्दीमा समाजवादको नयाँ मोडल र कम्युनिस्ट पार्टीको कस्तो हुनुपर्छ भन्ने संठनात्मक सिद्धान्त र विधि पद्धति विकास गर्ने सम्भावना नेकपासामू रहेको बताए ।

समाजवादी कि पुँजीवादी कित्ता ?

नेकपा अध्यक्ष प्रचण्डले ७/८ महिनाभित्र सबै जिल्लामा अधिवेशन गरिसक्नु पर्ने बताएका छन् । अधिवेशन भनेको बहस पनि भएको भन्दै उनले भने, ‘हामी समाजवादी कित्तामा कि पुँजीवादी ? मलाई लाग्छ, हामी उभिने समाजवादी कित्तामा हौं ।’

राष्ट्रिय निर्माण गरेर समाजवादको आधार तयार पर्नुपर्ने र त्यो त्यति सहज नभएको उनले बताए ।

प्रधानमन्त्री हुन र सरकार कब्जा गर्न पार्टी एकता नगरिएको भन्दै पार्टी र कम्युनिस्ट आन्दोलनलाई एउटा क्लाइमेक्समा लगेर मात्र माथि जाने मन रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment