+
+
Shares

गर्भपतन मुद्धाका अभियुक्त ७ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २३ गते १६:५१

२३ वैशाख, भोजपुर । अवैध गर्भपतन मुद्धाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ परेका छन् । २०६९ साल जेठ २५ गते भोजपुर जिल्ला अदालतबाट ३ वर्ष कैद सजाय फैसला सुनाइएका आमचोक गाउँपालिका ३ थिदिंखा घर भइ हाल सुनसरी जिल्लाको रामधुनी नगरपालिका ६ मा बस्दै आएका राजु भनिने ३९ वर्षीय राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका राईलाई अदालतको आदेश बमोजिमको कैद भुक्तान हुने गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?