+

बी र सी डिभिजनका फुटबल क्लबलाई अनुदान

२०७६ वैशाख  २३ गते १८:०३ २०७६ वैशाख २३ गते १८:०३
बी र सी डिभिजनका फुटबल क्लबलाई अनुदान

२३ वैशाख,  काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिका भित्रका बी र सी डिभिजनका फुटबल क्लबलाई क्रमश तीन र दुई लाख अनुदान दिएको छ । अनुदान पाउने क्लबहरुमा बी डिभिजनका अन्नपूर्ण क्लब, टुसाल युवा क्लव, कुमारी युवा क्लब, बाँसबारी युवा क्लब छन् भन् सी डिभिजनका सानो गौचरण क्लब, महाविर क्लब, समाज कल्याण खेलकुद क्लब प्लानिङ वाइज युनाइटेड, स्वयम्भु क्लब, मनोहर एकीकृत क्लब र समाजिक युवा क्लब रहेका छन् ।

अनुदान हस्तान्तरण कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले टिमले जित्दा मात्र आफुले पनि जित्ने र टीमले हार्दा आफूले पनि हार्ने भएकाले खेलाडीहरुले टीमले जित्ने गरी खेल्नु पर्ने भन्दै राजनीतिमा पनि त्यही नियम लागु हुने बताए । उनले आगामी दिन महानगरले खेलकुदको विकास र पूर्वाधारमा माहानगरपालिकाले थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै उपमयेयर हरिप्रभा खड्कीले महिलाहरुको पनि खेलकुदको विकास गर्नुपर्नेमा जोड दिइन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले पनि खेलकुदको विकासमा महानगर लाग्ने बताइन् ।

एन्फाका अध्यक्ष कर्माछिरिङले महानगरपालिकाले खेलकुदको विकासमा गरेको सहयोगको खुलेर प्रसंशा गरे । उनले महानगरको सामाकि विकासमा खेलको क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । यस अघि महानगरभित्रका ए डिभिजनका क्लबलाई काठमाडौँ महानगरपालिकाले १०–१० लाख सहयोग गरेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय