+

लिभरपुलविरुद्ध गोल गरे सेलिब्रेट गर्दिनँ : स्वरेज

२०७६ वैशाख  २४ गते ११:१९ २०७६ वैशाख २४ गते ११:१९
लिभरपुलविरुद्ध गोल गरे सेलिब्रेट गर्दिनँ : स्वरेज

काठमाडौं । बार्सिलोनाका स्ट्राइकर लुइस स्वरेजले लिभरपुलविरुद्ध गोल गरे सेलिब्रेट नगर्ने बताएका छन् ।

च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा आज राति बार्सिलोना र लिभरपुल भिड्दैछन् । खेल लिभरपुलको घरेलु मैदान एन्फिल्डमा हुनेछ ।

साढे तीन सिजन लिभरपुलमा बिताएका स्वरेज २०१४ मा बार्सिलोना गएका थिए । उनले पहिलो लेगमा लिभरपुलविरुद्ध गोल गर्दा सेलिब्रेसन गरेका थिए, जुन खेल बार्सिलोनाले ३–० ले जितेको थियो ।

लिभरपुलका समर्थकको सम्मान गर्ने भन्दै उनले सेलिब्रेसनका लागि माफी मागेका छन् ।

जसले फुटबललाई बुझेका छन् र यो खेललाई माया गर्छन्, उनीहरुले सेलिब्रेसनको महत्व बुझ्ने भन्दै आफ्नो बचाउ गरेका छन् ।

उनले भने, ‘मैले लिभरपुलका समर्थकहरुलाई सम्मान गर्नुपर्छ । किनभने मैले गोल गरेँ र आफ्नो समर्थनसँग सेलिब्रेसन गरे । म सरी भन्न चाहन्छु ।’

‘यदि मैले लिभरपुलविरुद्ध गोल गरेँ भने त्यही तरिकाले सेलिब्रेसन गर्दिनँ’ उनले भने ।

एन्फिल्डको क्लबका लागि १३३ खेलमा ८२ गोल गरेका स्वरेजले लिभरपुलको कप्तान भइको क्षण गौरवपूर्ण भएको स्मरण समेत गरे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय