Comments Add Comment

‘प्रेमगीत ३’को थीम पोष्टरमा प्रदिप होइनन्, निर्माता सेन आफै

‘प्रेमगीत ३’को थिम पोष्टर प्रदर्शन मिति सार्वजनिक गरेसँगै यो चलचित्र चर्चामा छ । चलचित्रको थीम पोष्टरमा कुनै पनि कलाकारलाई देखाइएको छैन । तर, अनुहार नदेखाइएका कलाकार नायक प्रदिप खड्का भएको अनुमान पनि धेरैले लगाएका छन् । हुनत, निर्माणपक्षले नायक खड्काको बारेमा नै केही बोलेको छैन ।

यसैविच, अनलाइनखबरलाई प्राप्त भएको एक तस्बिरले थीम पोष्टरमा देखिएका व्यक्ति को हुन् भन्ने खुलेको छ । चलचित्रको थिम पोष्टरमा अनुहार लुकाएका व्यक्ति चलचित्रका निर्माता सन्तोष सेन हुन् । नायक सेन आफैले थिम पोष्टरका लागि फोटोसुट गरेका थिए । अधिकांश दर्शकले पनि थिम पोष्टरमा नायक प्रदिप खड्का भएको अड्कल लगाउँदै आएका थिए ।

यसैविच, चलचित्रको निर्माणटिमले नायिकाको खोजी गरेको छ । नायिकाका लागि अडिसन आह्वान गरिएको निर्माणपक्षले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । संसारभरबाट ५.२ इन्च देखि ५.७ इन्चसम्म उचाई भएकी, १८ देखि २५ बर्षसम्मकी यूवतीले अडिसनमा भाग लिन पाउने निर्माणपक्षले बताएको छ ।

आवेदन दिएका यूवतीहरुमध्येबाट २० जनालाई फाइनल अडिसनमा छानिने र एक जना नायिका छनोट गर्ने निर्माणपक्षले बताएको छ । आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको पाँचौ चलचित्रका लागि नायिका बन्न चाहने यूवतीले जेठ १० गतेसम्म सम्पर्क गर्न सक्ने निर्माणपक्षले बताएको छ ।

छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्माणमा बन्न लागेको यो चलचित्रलाई चैत्र २८ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment