+
+
WC Series
विराटनगर किंग्स 2025
126/10 (16.5)
VS
Chitwan won by 48 runs
Won चितवन राइनोज 2025
174/5 (20)
Shares

नवलपरासीमा लोकल कुखुरामा बर्डफ्लु, १२ घरका पंक्षी नष्ट

रामकुमार श्रेष्ठ रामकुमार श्रेष्ठ
२०७६ वैशाख २५ गते ८:५०

२५ वैशाख, नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिका २ नन्दपुरमा लोकल कुखुरामा बर्डफ्लु भेटिएको छ ।

नन्दपुरका पिताम्बर महतोको घरमा बर्डफ्लु भेटिएको मध्यविन्दु नगरपालिका पशु सेवा शाखा प्रमुख डा. श्याम कृष्ण तिवारीले बताए ।

महतोको घर र उनको घर नजिक रहेका १२ घरमा रहेका १ सय ८१ वटा हाँस, ६५ वटा स्थानीय कुखुरा, ७८ अण्डा, ३४ किलो दाना, साढे चार किलो कुखुराको सुली नष्ट गरिएको छ । पंक्षी र पंक्षीजन्य वस्तुलाई खाडल खनेर पुरिएको डा. तिवारीले बताए ।

पंक्षी र पंक्षीजन्य वस्तु नष्ट गर्ने कार्यमा गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी व्यवस्था मन्त्रालयको टोली, गण्डकी प्रदेशकै पशुपंक्षी विकास निर्देशनालय, पोखराको पशु पंक्षी रोग अन्वेषण प्रयोगशाला, मध्यविन्दु नगरपालिकाको पशु सेवा शाखाका डाक्टर तथा प्राविधिकहरुको टोली खटिएको थियो ।

महतोको घरका कुखुरा धमाधम मर्न थालेपछि उनले परीक्षणका लागि कुखुरा चितवनको राष्ट्रिय पंक्षी ल्याबमा लगेका थिए । त्यहाँ बर्डफ्लु भएको पुष्टि भएपछि कुखुरा नष्ट गरिएको हो । नमूना परीक्षण गर्न काठमाडौंस्थित ल्याबमा पनि पठाइएको छ ।

बर्ड फ्लु भेटिएका आसपासका क्षेत्रमा बर्डफ्लु भए नभएको पत्ता लगाउनका लागि निजका अन्य घर तथा गाउँबाट जिउँदा कुखुरा तथा हाँसहरुको नमुना संकलन गरि परीक्षणका लागि पठाएको डा. तिवारीले बताए ।

बर्डफ्लुका कारण नेपालमै पहिलो पटक काभ्रेका एक युवकको मृत्युसमेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?