Comments Add Comment

‘हजार जुनी सम्म’सँग भिड्दै दयाको ‘दयारानी’

साउनको ३० गते नेपाली चलचित्र ‘हजार जुनी सम्म’ रिलिज हुँदैछ । विकासराज आचार्य निर्देशित यो चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतका कलाकारको मुख्य भूमिका छ । अब, यो मितिमा अर्को नेपाली चलचित्र पनि रिलिज हुने भएको छ ।

नायक दयाहाङ राई र नायिका दीया पुनको मुख्य भूमिका रहेको चलचित्र ‘दयारानी’ले साउन ३० लाई प्रदर्शन मिति तय गरेको छ । जेठको ३ गते चलचित्र ‘जात्रै जात्रा’ रिलिज हुने भएकाले यो चलचित्र केही महिना पछि सरेको हो । ‘जात्रै जात्रा’मा नायक दयाहाङ राइको मुख्य भूमिका छ । यो चलचित्रलाई माओत्से गुरुङको निर्देशन छ । यो चलचित्रले एक खराब श्रीमान् र मायालु श्रीमतीको कथालाई प्रस्तुत गरेको छ ।

सिनेमा आर्टस् ब्यानरमा निर्माण भएको चलचित्रलाई गुरुङले लेखेका हुन् । चलचित्रमा दया र दीपाका साथमा बिजय बराल, प्रमिसा गुरुङ, टिकाराम घले लगायतको मुख्य भूमिका छ । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment