
२६ वैशाख, काठमाडौं । गुराँस लघुवित्तले निष्कासन गरेकोे साधारण सेयर बाँडफाँट गरिएको छ । बिहीबार बिहान गरिएको बाँडफाँटअनुसार २३ हजार ३६३ आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गरेको बिक्री प्रवन्धक एनआईवीएल एस क्यापिटलले जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि २ लाख ३३ हजार ६३० कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । त्यसका लागि ३ लाख २ हजार ३८ आवेदन परेको थियो । प्राप्त आवेदक मध्येबाट गोलाप्रथा गरेर २३ हजार ३६३ आवेदकलाई सेयर बाँडिएको थियो ।
दोस्रो बजारमा राम्रो मूल्य पाइने भएका कारण लघुवित्तको आईपीओमा लगानीकर्ताको आकर्षण रहने गर्दछ । यो पटक पनि माग गरिएको भन्दा २३.८० गुणा आईपीओ आवेदन परेको एनआईबीएल एस क्यापिटलले जनाएको छ । ६४२ वटा आवेदन भने रद्ध भएको क्यापिटलले जनाएको छ ।
लघुवित्तले वैशाख १६ देखि २० गतेसम्म २ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ३ हजार ८७० कित्ता लघुवित्तका कर्मचारीका लागि, १२ हजार ५०० कित्ता सामुहिक लगानी कोष र २३ हजार ३६३ आवेदक १० कित्ता सर्वसाधारणका लागि बाँडफाँट गरिएको हो ।
प्रतिक्रिया 4