Comments Add Comment

‘कृ’ निर्माता भन्छन्ः ‘मेरो कारणले अनमोलको पारिश्रमिक बढ्यो भन्नु गलत’

चलचित्र ‘कृ’का लागि निर्माता सुवास गिरीले नायक अनमोल केसीलाई २० लाख पारिश्रमिक दिए । सो समय भन्दा अगाडि नायक अनमोल केसीले चलचित्र ‘गाजलु’ ८ लाखमा काम गरेका थिए । तर, निर्माता गिरीले एक्कासी अनमोलको पारिश्रमिक बढाएपछि उनपछि आएका अन्य कलाकारले पनि पारिश्रमिक उच्च डिमाण्ड गर्न थाले । यसैले अहिले चलचित्रका लागि कलाकार लिन नै समस्या परेको गुनासो निर्माताहरुले गर्न थालेका छन् ।

तर, निर्माता सुवास गिरी भने आफूले अनमोलको पारिश्रमिक ह्वात्तै बढाइदिएको भन्ने कुरा स्विकार गर्न तयार छैनन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भने–‘खासमा अहिले कलाकारको पारिश्रमिक बढाउनुमा दोष मलाई थोपारिन्छ । तर, म यो कुरा मान्न तयार छैन । मैले अनमोललाई २० लाख पारिश्रमिक २ बर्षको लागि दिएको थिएँ । उनले ‘कृ’ चलचित्रका लागि २ बर्ष समय दिएका छन् ।’

गिरीले अगाडि भने–‘कुनै कलाकारले एउटा चलचित्रका लागि ३ वा ६ महिना समय मात्र दिनुपर्छ भने उसले त्यसमा पनि महंगो पारिश्रमिक माग्नु गतल हो । ३–३ महिनामा नयाँ नयाँ चलचित्र गर्ने कलाकारले पनि अर्कोले महंगो पारिश्रमिक लिएको छ, मैले किन नपाउनु भनेर तर्क गर्नु अर्थहिन छ ।’

निर्माता गिरीले एउटै चलचित्रका लागि लामो समय दिन कलाकार वा प्राविधिक तयार छ भने उसलाई बजारको भ्यालु अनुसारको पारिश्रमिक दिनु गतल नभएको तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment