Comments Add Comment

छ बुँदे सहमतिसँगै बौद्धको आन्दोलन स्थगित

२६ वैशाख, काठमाडौं । चार वर्षदेखि बौद्ध–जोरपाटी सडकखण्ड कालोपत्रे नगरेको भन्दै स्थानीयले सुरु गरेको आन्दोलन रोकिएको छ । बिहीबार दिउँसो युनाइटेड विल्डर्सका ठेकदार सकुन्तलालाल हिराचनसँग ६ बुँदे सहमति भएपछि आन्दोलन रोकिएको हो ।

सहमतिको पहिलो बुँदामा टुसाल चोकदेखि बौद्ध गेटसम्मको बाटो आइतबारदेखि कालोपत्रे थाल्ने सहमति भएको छ । पूर्वतयारीका लागि रोल लगाउने, सबवेस सम्बन्धी काम सुरु गर्ने पनि उल्लेख छ ।

बौद्ध गेटदेखि जोरपाटीसम्मको बाटोमा कालोपत्रे गर्नुपूर्व गरिने सववेस, वेस, साइट ड्रन निर्माण कार्य शुक्रबारबाटै सुरु गर्ने उल्लेख छ ।

प्रदर्शनकारीका तर्फबाट सहमतिमा वडाध्यक्ष दिपेन्द्र लामा, बौद्ध व्यापार संघका अध्यक्ष दिपकप्रसाद चौंलागाईं, स्थानीय तथा व्यवस्था र टुसाल युवा क्लबको प्रतिनिधिको हस्ताक्षर छ । अन्तिम बुँदामा सहमति अनुसार कार्य नभए पुनः आन्दोलन जारी रहने पनि उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस बौद्ध–जोरपाटी सडकमा स्थानीय र प्रहरीबीच झडप

प्रदर्शनका क्रममा दिउँसो प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो ।

हेर्नुस् सहमति पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment