
२६ वैशाख, काठमाडौं । एनआईसी एशिया बैंकले स्याङजाको आँधीखोला गाउँपालिकामा नयाँ शाखा सञ्चालन गरेको छ ।
आँधीखोला गाउँपालिका वडा नं ५, कृषि स्याङजास्थित कृषि शाखाको अाँधीखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौड्यालले बिहीबार उद्घाटन गरे ।
मुलुकभर २८२ शाखा कार्यालयहरू, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखारहित बैंकिङ्ग ईकाइमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको एनआईसी एसिया बैंकले दाबी गरेको छ ।
करीब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4