Comments Add Comment

अधुरा आयोजना सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिन्छ : अर्थमन्त्री खतिवडा

२७ वैशाख, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले अधुरा आयोजना सम्पन्न गर्ने वर्षका रुपमा बजेट विनियोजन गरिने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै आगामी वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिने बताए । रेलमार्ग, जलमार्गलाई, सडकमार्ग लगायतका विकास पुर्वाधारलाई प्राथमितामा राखिने पनि उनले बताए ।

विकास निमार्णका आयोजनाहरुका लागि आवश्यक सामाग्री खरिद गर्दा आयात बढेको देखिएको भएपनि निर्यात क्षेत्र समेत सुधारउन्मुख रहेको उनको दाबी छ ।

विकासका लागि अनुकुल वातावरण समेत बन्दै गएको भन्दै उनले २०३० सम्म मध्यम आय भएको देश बन्ने गरि बजेट विनियोजन गरिने बताएका छन् । ‘आन्तरिक तथा बाहृय लगानीको अवसरका लागि वातावरण बनेको छ । २०३० भित्र मध्यम आय भएको देशमा पुग्ने हाम्रो लक्ष्य अनुसार बजेट विनियोजन गरिनेछ,’ उनले भने ।

विद्युत उत्पादनमा जोड दिने, एक वर्षभित्र सबै नेपालीको बैंक खाता हुने गरी कार्यक्रममा बजेट छुट्याउने खतिवाडाले उल्लेख गरे । ‘समृद्ध नेपाल सुखी नेपालीको आधारशिला निमार्ण भएको छ । आगामी वर्ष समाजिक न्यायसहितको विकासको अधार वर्षका रुपमा रहने गरी बजेट विनियोजन गरिनेछ,’ खतिवाडाले भने ।

आगामी वर्ष उच्च आर्थिक वृद्धि हुने गरी बजेट ल्याउने, क्षमता अनुसारको काम दिने र मौलिक हक कार्यानवयनमा केन्द्रित हुने पनि उनले बताए ।

आगामी वर्ष युवा परिचालनको वर्ष

अर्थमन्त्री खतिवाडाले आगामी बर्षलाई युवा परिचालनको वर्षको रुपमा लिइने र सोही अनुसार युवा लक्षित कार्यक्तमहरुलाई प्राथमिकतामा राखिने उल्लेख गरेका छन् ।

चालु आर्थिक वर्षमा मूल्य वृद्धि नियन्त्रणमा रहेको र आगामी वर्ष पनि मुल्य वृद्धिलाई नियन्त्रणमा राखिने अर्थमन्त्री खतिवाडाले बताए । साथै सबै नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी बजेट तुर्जुमा गरिने र जलवायु परिवर्तनको अनुकुलनमा पनि जोड दिइने अर्थमन्त्री खतिवाडले बताए ।

उनले दुई वर्षभित्र साक्षर नेपाल बनाउने, सुरक्षित बस्ती विकास तथा आवास निमार्ण र वैदेशिक रोजगारीलाई थप व्यवस्थित गर्नेगरी बजेट विनियोजन गरिने बताएका छन् । सबै नागरिकलाई बिमामा ल्याउने, आगामी बर्षलाई बृक्षारोपण बर्षको रुपमा लिने गरी बजेट तर्जुमा गरिने उनले उल्लेख गरे ।

अर्थमन्त्री खतिवाडाले चालु आर्थिक वर्षमा राज्य संरचनाको कानुनी आधार, संगठन संरचना, कर्मचारी समायोजना जस्ता काम भएको र संघीयता कार्यान्वयनमा आएको उल्लेख गर्दै लगानीमैत्री कानून र संरचना तय भएको बताए ।

‘आर्थिक तथा सामाजिक विकासका लागि पूर्वाधार निमार्णमा उत्साहजनक भएको छ । आर्थिक वृद्धिदर बढ्दै जान आधारशिला तय भएको छ ।’ उनले भने ।

चालु आर्थिक बर्षमा आवश्यक कानुन संरचना तथा संगठन निर्माण गनुपर्ने भएकाले बजेट खर्च अपेक्षा अनुसार खर्च हुन नसकेको पनि उनले स्वीकार गरे । तर, चालु आर्थिक वर्षमा राजस्वको दायरा फराकिलो भएको, राजस्व चुहावट नियन्त्रणमा उल्लेखनीय प्रयास भएको उल्लेख गरे ।

संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणालीलाई मार्गदर्शक सिद्धान्तको रुमा लिइएको उनले बताए । ‘विनियोजन विधेयकको २०७६ को सिद्धान्त र प्राथमिकता तय गर्दै गर्दा नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणालीलाई मार्गदर्शक सिद्धान्तको रुमा लिइएको छ,’ उनले भने ।

प्रिबजेट छलफल आइतबार र सोमबार

प्रतिनिधि सभामा आर्थिक वर्ष २०७६/०७७ लागि अर्थमन्त्रीले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफल आगामी आइतबार र सोमबार हुनेछ ।

गत वर्षहरुमा नीति तथा कार्यक्रमअघि पूर्वबजेट छलफल नहुने अभ्यास थियो । यसवर्ष नीति तथा कार्याक्रम भनदा पछाडि प्रिबजेट छलफल हुन लागेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यहि वैशाख २० गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

प्रतिनिधि सभामा प्रिबजेट छलफल आगामी आइतकाबार र सोमबार हुने सभामुख कृष्णबहादुर महराले जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक पर्सी आइतबार बिहान ११ बजे बस्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment