
२७ वैशाख, काठमाडौं । प्रहरीले विप्लव समूहका विद्यार्थी नेता चिरञ्जीवी ढकाललाई पक्राउ गरेको छ ।
ढकाललाई शुक्रबार अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले अनलाइनखबरलाई बताए ।
पक्राउ परेका ढकाल विप्लवको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हुन् ।
अनामनगरमा प्रतिपक्ष दलहरूका ११ विद्यार्थी संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका बेला ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4