Comments Add Comment

यस्तो देखियो ‘मिस नेपाल २०१९’

‘मिस नेपाल २०१९’को श्रृङ्खला भव्य रुपमा सम्पन्न भएको छ । यो बर्षको मिस नेपालमा दर्शकलाई समेत टिकट काटेर प्रवेशको व्यवस्था मिलाइएको थियो । मिस नेपालको श्रृङ्खलामा यसपटक पूर्व मिस नेपालहरुको बाक्लो उपस्थिती रह्यो । ‘मिस नेपाल’को रजत जयन्ती भएका कारण पनि पूर्व मिस नेपालहरु उपस्थित भएका हुन् ।

गतबर्षकी मिस नेपाल श्रृङ्खला खतिवडा आकर्षक बनेर पुगिन् । यस्तै, यो बर्षको मिस नेपालमा गायक दिपक बज्रचार्यले आफ्नो सफल गीत ‘मनमगन’ प्रस्तुत गरे । स्टेजमा गीतसँगै देखिएको कोरियोग्राफी उत्कृष्ट थियो ।

अन्तिम प्रतिस्पर्धामा चुनिएका २५ बाट १४ र १४ बाट ७ जनालाई फाइनलमा प्रवेश गराइएको थियो । यो बर्ष विभिन्न ५ टाइटलमा ५ जनाले क्राउन लगाएका छन् । ‘मिस नेपाल वर्ल्ड’ बन्न सफल अनुष्का शर्माको चर्चा पनि धेरै सुनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment