
Photo Credit : F Nasri/AFP/Getty
२८ वैशाख, काठमाडौं । प्रवासीहरु चढेको एक डुंगा भूमध्य सागरमा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका अनुसार यो डुंगा ट्युनिसिया नजिक समुद्रमा दुर्घटना भएको हो ।
दुर्घटनास्थलबाट १६ जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ । जीवित व्यक्तिहरुका अनुसार यो डुंगा बिहीबार लिबियाबाट छुटेको थियो र समुद्रमा उठेका ठूला छालका कारण दुर्घटना भयो ।
यो डुंगामा धेरैजसो अफि्रकाका थिए । ट्युनिसिया सरकारका अनुसार यो दुर्घटनाको जानकारी पाउनासाथ माछा मार्नेहरुले प्रयोग गर्ने डुंगा उद्धारका लागि पठाइएको थियो ।
युएनएचसीआरको तथ्यांकअनुसार यसै वर्षको हालसम्म लिबियाबाट युरोपको बाटोमा पर्ने स्थानहरुमा डुंगा दुर्घटना हुँदा १६४ जनाको ज्यान गइसकेको छ । यो पछिल्लो दुर्घटना सबैभन्दा धेरै मानवीय क्षति भएको घटना हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4