Comments Add Comment

सरकार र निजी मिलेर बेरोजगारी घटाऔंः मुख्यमन्त्री राउत

२८ वैशाख, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजी र सार्वजनिक क्षेत्र मिलेर प्रदेशको बेरोजगारी र गरिबी घटाउनुपर्ने बताएका छन् । त्यसका लागि सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट महत्वपूर्ण हुने बताएका छन् ।

वीरगञ्जमा आयोजित कार्यक्रममा उनले सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने बताए । मुख्यमन्त्री राउतले वैदेशिक रोजगारी जाने युवाहरुलाई सुरक्षित बनाउन सरकार गम्भिर रहेको बताए ।

‘बेरोजगारी र गरिबीको समस्या प्रदेश नं २ मा अन्य प्रदेशमा भन्दा बढी छ । सरोकारवाला सबै मिलेर अगाडि बढ्न सक्नुपर्छ । त्यसो भयो भने रोजगारी सृजना गर्न सक्छौं,’ उनले भने, ‘त्यसो नहुँदासम्म कम्तीमा अदक्ष कामदारहरुलाई दक्ष बनाएर त विदेश पठाउन सक्छौं ।’

कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले प्रदेश नं २ मा सिराहा र धनुषाबाट धेरै वैदेशिक रोजगारीमा गएको पाइएको भन्दै उनीहरुका लागि कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

प्रदेश नं २ सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न र प्रदेशमा आर्थिक वृद्धि तथा लगानी आउने वातवरण निर्माण गर्न सल्लाहकार समिति बनाएको छ । समितिमा कृषि, उद्योग, वित्त तथा विप्रेषण जस्ता प्राथमिकताका क्षेत्रहरुको नेतृत्व तहमा रहेकाहरु छन् ।

समितिले प्रदेश नं २ मा सीप विकास तथा रोजगारी सृजनामा सुधार ल्याउन तथा आप्रवासनलाई सही स्तरमा व्यवस्थापन गर्न काम गर्ने छ ।

कार्यक्रममा प्रभु बैंक, नेपाल एसबी आई बैंक र अमेजनले प्रदेश नं २ मा रोजगारी बढाउन, स्वरोजगार बनाउन र वैदेशिक रोजगारीबाट फर्केकाहरुको सीपलाई उपयोग गर्न प्रदान गर्न सक्ने सेवा र योजनाहरुबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment