Comments Add Comment

तम्घास वासीलाई बोरिङबाट पिउने पानीको व्यवस्था

२९ वैशाख, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा खानेपानीको समस्या भएपछि बोरिङबाट व्यवस्था गरिने भएको छ । सुख्खा समय सुरु भएसंगै तम्घासमा पिउने पानीको हाहाकार भइरहेको समयमा बोरिङबाट पिउने पानीको ब्यवस्था गर्न लागिएको हो ।

जमिनमुनिबाट पानी निकाल्ने यो प्रविधि तम्घासबासीको निम्ति नयाँ र नौलो प्रविधि हो । पहाडी जिल्लाहरुमा यो प्रविधि नयाँ हो । तर तराईमा भने यो प्रविधि प्रयोग भइसकेको छ ।

रेसुङ्गा नगरपालिका वडा नं ९ को उपल्लो तम्घासमा बोरिङबाट पानी निकाली पिउने पानीको ब्यबस्था गर्न लागिएको रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले बताए ।
तम्घास बजारमा रेसुङ्गा नगरपालिकाको वडा नम्बर ३ को मज्याङ्गबाट लिफटिङ्ग गरेर पानी ल्याउन धेरै समय लाग्ने भएपछि खानेपानीको चरम समस्या तत्कालै टार्नको लागि बोरिङबाट खानेपानीको व्यवस्था गर्न लागिएको नगर प्रमुख डिल्लीराज भुसालले बताए ।

हाल वडा नं ९ मा रहेका ५सय २१ घरधुरीहरुलाई पानीको व्यवस्था गर्न लागिएको र पछि अरु वडाहरुका लागि पनि व्यवस्था गर्न लागिएको छ । जमिनमुनि ४८ मिटर गहिराइबाट पानी निकालिएको हो । जमिन मुनिबाट पानी निकालेपछि स्थानीय हर्षित छन् ।

तम्घासमा पानीको दीर्घकालीन समस्याको समाधानमा लाग्ने गरि योजना बनाएको नगर प्रमुख भुसालले बताए । केहि समयको लागि बोरिङबबाट पानीको व्यास्था गरे पनि दीर्घकालका लागि रेसुङ्गा नगरपालिका वडा नम्बर ३ को मज्याङ्गबाट लिफेटिङ्ग गरेर ल्याइँदै छ ।

पानी ल्याउनको लागि डिटियल सर्वे गरिदैछ । तर लागत धेरै लाग्ने भएपछि तत्कालै पानी ल्याउन सम्भव नभएपछि बोरिङबबाट पानी निकाल्न थालिएको हो । बोरिङबबाट पानी निकाल्नको लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय, तम्घासको प्राविधिक सहयोग रहेको छ । पानी निकाल्न लाग्ने अन्य लागत भने नगरपालिकाले व्याहोर्ने भएको हो । वडा नम्बर ९ मा व्यवस्था भएसँगै ८ नम्बर वडामा पानी बोरिङबबाट निकालिने भएको छ ।

तम्घासमा पिउने पानीको समस्यापश्चात नगरपालिकाले ट्याङकरबाट पानी बितरण गरिरहेको छ । विभिन्न स्थानबाट ल्याएर ढुवानी खर्च उठने गरि मात्रै रकम लिएर पानी वितरण गर्दै आएको छ ।

अघिल्लो वर्षको तुलनामा तम्घासमा भएका मुलहरु सुकदै जान थालेसँगै यस वर्ष खोनपानीको चरम समस्या देखिएको छ । तम्घास बजारमा बिशेष गरि वडा नम्बर ८ र ९ मा बढी मात्रामा खानेपानीको समस्या देखिएको छ । अरु वडाहरुमा पनि अघिल्लो वर्षको तुलनामा समस्या वढदै जान थालेको गुनासो स्थानीयले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment