+
+
Shares

‘होस्टेल ब्याक अगेन’ बन्ने, छायांकन अमेरिकामा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २९ गते ११:३६

नेपालमा अहिले चलचित्रको सिरिज बनाउने क्रम बढेको छ । यसैक्रममा, ‘होस्टेल र होस्टेल रिटन्र्स’पछि यसको तेश्रो सिरिज बन्ने भएको छ । तेश्रो सिरिजको नाम ‘होस्टेल ब्याक अगेन’ राखिएको छ । दुर्गेस फिल्मस् र काफिया फिल्मस्ले यो चलचित्रको निर्माण गर्दैछ । यो चलचित्रको छायांकन अमेरिकामा गरिनेछ ।

चलचित्रलाई सुनिल रावलले निर्देशन गर्ने भएका छन् । हरेक देशबाट अमेरिका अध्ययनका लागि गएका र होस्टेलमा बसेका यूवायूवतीहरुको कथालाई यो चलचित्रले प्रस्तुत गर्नेछ । रायन राइजको पटकथा तथा संवाद रहेको चलचित्रमा सुनिलको कथा छ । अगष्ट महिनाबाट यो चलचित्रको छायांकन सुरु हुनेछ ।

यो चलचित्रका लागि केही कलाकार नेपालबाट अमेरिका पुग्नेछन् भने धेरै कलाकार अमेरिकामा नै अडिसनबाट छानिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?