Comments Add Comment

अमिताभको ‘सत्ते पे सत्ता’ रिमेकमा साहरुख–कट्रिना ?

नायक साहरुख खानले चलचित्र ‘जिरो’ असफल भएपछि नयाँ चलचित्रमा काम गरेका छैनन् । उनी, नयाँ चलचित्र साइन गर्ने कुरामा निकै नै सजग देखिएका छन् । तर, यतिबेला फेरि उनले नयाँ चलचित्रमा काम गर्न लागेको चर्चा सुरु भएको छ । निर्माता रोहित सेट्टी उनको प्रोडक्शनबाट नयाँ चलचित्र निर्माण गर्ने तयारीमा छन् । फरहान अख्तरले निर्देशन गर्न लागेको यो चलचित्र बलिउडका नायक अमिताभ बच्चन र हेमा मालिनीको हिट चलचित्रको रिमेक हो ।

भारतीय मिडियाका अनुसार, यो चलचित्रको रिमेकमा नायक साहरुख खान र नायिका कट्रिना कैफ देखिनेछन् । निर्देशक फरहान अख्तर नायक साहरुख खानसँग काम गर्न सधै नै उत्साहित हुन्छिन् । उनी, चलचित्र ‘ह्याप्पी न्यू इयर’पछि साहरुखसँग फेरि काम गर्न चाहन्छिन् । चलचित्रको कथालाई लिएर साहरुख र कट्रिनाले पनि सकारात्मक प्रतिक्रिया दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अहिले यो बिषयमा यसको निर्माणपक्षले केही पनि भनेको छैन । चाडै नै यो बिषयमा घोषणा हुने भारतीय मिडियाले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment