Comments Add Comment

प्रिमियर लिगः चेल्सी तेस्रो हुँदा टोटनहृयाम चौथो, अन्य टिमको अवस्था के ?

३० वैशाख, काठमाडौं । लगातार दोस्रो पटक इंग्लिस पि्रमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जित्दा यसअघिका केही आँकलनहरु फेल खाएका छन् । भारी अंकले अग्रता बनाएको लिभरपुलले दोस्रो स्थानमा यो सिजनको लिग सकाउँदा इंग्ल्यान्डको महारथी भनेर चिनिने टिमको अवस्था कस्तो रह्यो ?

म्यान्चेस्टर सिटीले ३८ खेलबाट ९८ अंक बनाउँदै लिग च्याम्पियन बन्यो । उपाधि नजिक पुगेर पनि दोस्रो स्थानमै चित्त बुझाएको लिभरपुलले ३८ खेलबाट ९७ अंक बनायो । यता, चेल्सीले भने तेस्रो स्थानमा लिग सकाएको छ । ३८ खेलबाट ७२ अंक बटुलेको चेल्सीले आफ्नो अन्तिम खेलमा भने लेस्टर सिटीसँग गोलरहित बराबरी खेल्यो ।

यता, चौथो स्थानमा लिग सकाएको टोटनहृयामको ७१ अंक छ । आफ्नो यो सिजनको लिगमा आइतबार राति भएको आफ्नो अन्तिम खेलमा टोटनहृयामले एभर्टनसँग २-२ गोलको बराबरी खेलेको थियो । एभर्टनलाई पराजित गरेको भए टोटनहृयाम लिगको तेस्रो हुने थियो ।

च्याम्पियन सिटी, उपविजेता लिभरपुल, चेल्सी र टोटनहृयामले आगामी संस्करणको च्याम्पियन्स लिगको लागि आफ्नो स्थान सुरक्षित गरेको छ । यो पटक आर्सनल र म्यान्चेस्टर युनाइटेडको लागि भने खराब सिजन रह्यो । आर्सनलले पाँचौ स्थानमा लिग सकाएको छ । उसको ७० अंक छ । आफ्नो अन्तिम खेलमा बर्नेलीलाई ३-१ गोलअन्तरले पराजित गरे पनि आर्सनल च्याम्पियन्स लिगको लागि छनोट हुन सफल भएनन् ।

विशेषगरी यो सिजनमा सबैभन्दा खराब दिन म्यानचेस्टर युनाइटेडको रह्यो । युनाइटेडले आफ्नो अन्तिम खेलमा पनि कमजोर टिम कार्डिफ सिटीसँग २-० गोलको हार ब्यहोरेको छ । ३८ खेलबाट ६६ अंक बनाएर युनाइटेडले छैटौ स्थानमा लिग सकाएको छ । आगामी संस्करणको युरोपा लिगमा आर्सनल प्रवेश गर्दा युनाइटेडले भने युरोपा लिगको छनोटको दोस्रो चरणमा स्थान बनाएको छ ।

यी हुन् रेलिगेसनमा परेका टिम

केही उत्कृष्ट क्षण । केही प्रभावशाली जित तर पनि रेलिगेसनमा परेका छन् केही टिम । यो संस्करणबाट कार्डिफ सिटी, फुलहृयाम र हडर्सफिल्ड टाउन रेलिगेशनमा परेका छन् ।

कार्डिफ सिटी त्यस्तो टिम हो जुन टिमले आफ्नो अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडलाई २-० गोलअन्तरले पराजित गर्न सफल भयो । रेलिगेशनमा परेपनि कार्डिफले सुखद अन्त्य गरेको छ । कार्डिफको ३८ खेलबाट ३४ अंक छ । त्यस्तै, रेलिगेशनमा परेका फुलहृयामको २६ अंक हुँदा लिगको पुछारमा रहेको हडर्सफिल्डको १६ अंक मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment