Comments Add Comment

चीनले किन खेल्दैन क्रिकेट ?

जनसंख्या, अर्थतन्त्रमा र सैन्य शक्तिमा मात्र होइन, खेलकुदमा पनि चीन विश्वको महाशक्ति राष्ट्र हो ।

तर यदि क्रिकेटको कुरा गर्ने हो भने नेपालले समेत चीनलाई सजिलै धुलो चटाउन सक्दछ ।

आखिर विश्वमा झण्डै डेढ अर्ब जनसंख्या रहेको चीन क्रिकेट खेलमा किन यतिधेरै कमजोर छ ? चिनियाँहरु किन क्रिकेट खेल्न र हेर्न पनि मन पराउँदैनन् त ? यसको कारण अनौठो छ ।

चीन सदैव ओलम्पिक खेलको समर्थक रहँदै आएको छ र धेरैभन्दा धेरै पदक जित्नका लागि ठूलो लगानी तथा मेहनत पनि गर्ने गर्दछ । तर क्रिकेट खेल ओलम्पिक प्रतियोगितामा सामेल नभएका कारण पनि चीनले क्रिकेटलाई महत्त्व दिँदैन ।

चीनले क्रिकेटलाई महत्व नदिनुको अर्को कारण पनि छ । वास्तवमा चीन कहिल्यै पनि बेलायती साम्राज्यमा परेन । दुनियाँमा हाल क्रिकेटमा अगाडि रहेका अधिकांश देशहरु कुनै न कुनै समय बेलायती उपनिवेशमा परेका छन् । त्यसैले पनि चीनमा क्रिकेट लोकप्रिय हुन पाएन ।

अर्को कुरा क्रिकेट अझैसम्म पनि विश्वव्यापी खेल बनिसकेको छैन । यो विश्वका केही देशमा मात्र खेलिन्छ । खेलका माध्यमबाट पनि विश्वमा आफ्नो प्रभाव जमाउन चाहने चीन विश्वस्तरीय खेलकुदमा मात्र केन्द्रित रहनु स्वभाविकै हो । त्यसैले पनि चीनले क्रिकेटलाई महत्व दिएको छैन ।

यद्यपि, पछिल्लो समयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले चीनमा समेत क्रिकेटको प्रचारप्रसार गरिरहेको छ ।

गत जनवरी महिनामा एक टी–ट्वान्टी क्रिकेटमा चीनको महिला टोलीले भाग लियो । तर उक्त प्रतियोगितामा चिनियाँ टोलीले यस्तो शर्मनाक रेकर्ड कायम गर्यो कि अरुलाई त्यो कीर्तिमान तोड्न हम्मे हम्मे पर्नेछ ।

बैंककमा भएको एक खेलका क्रममा चिनियाँ महिला टोली केवल १४ रनमा समेटियो । युएईविरुद्धको खेलमा चीनले सो कीर्तिमान कायम गरेको थियो । महिला तथा पुरुष अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा त्यो नै अहिलेसम्मको सबैभन्दा कम स्कोर हो ।
एजेन्सीको सहयेगामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment