Comments Add Comment

‘तपाइको काम फोटो खिच्ने त हो’ भन्दा आक्रोशित प्रियंका

शुक्रबार बेलुकी काठमाण्डौको पाँच तारे होटल हायातमा आयोजना भएको निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्ज्वल शमशेर जबराको बिहे भोजमा पुगेकी नायिका प्रियंका कार्कीलाई एक व्यक्तिको भनाइले साह्रै नै चित्त दुखायो ।
नायिका कार्की लेहेङ्गामा सजिएर पुगेकी थिइन् ।

नायिका कार्की पुगेसँगै उनीसँग तस्बिर खिच्नका लागि बिहे भोजमा आएकाहरुले तछाडमछाड गरे । नायिका कार्की पनि तस्बिर खिचाउँदा खिचाउँदा थकित भैसकेकी थिइन् । यत्तीकैमा एक व्यक्तिले उनलाई फोटो खिच्न आग्रह गरे ।

प्रियंकाले नम्र भाषामा भनिन्–‘म पनि साथीको बिहेमा आएकी हुँ । एकछिन ल, साथीलाई त भेट्छु ।’ प्रियंकाले यसो भनेपछि ती व्यक्तिले ‘तपाइहरुको काम फोटो खिच्ने त हो नी’ भन्दै जवाफ दिए । यो जवाफ सुनेपछि प्रियंकाको चित्त दुख्यो । उनले, यस्तो जवाफ आउँदा कलाकारको नै अपमान भएको जस्तो लागेको प्रतिक्रिया दिइन् ।

नायिका कार्कीले यस्तो कार्यक्रममा पुग्दा आफूहरुको काम फोटो खिच्ने मात्र नहुने भन्दै यस्तो कुरा सबैले वुझ्न आवश्यक रहेको सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment