+
+
Shares

सर्वोच्चबाट धरौटीमा छुट्ने आदेश पाएका व्यवसायी अग्रवाललाई विशेषले थुनामा पठायो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते २०:४८

१३ असोज, काठमाडौं । सर्वोच्च अदालतबाट धरौटीमा छुट्न आदेश पाएका व्यवसायी शंकर अग्रवाललाई विशेष अदालतले थुनामा पठाएको छ ।

बैंकिङ कसुरको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । गत ३१ भदौमा ढकाल र निरौलाको इजलासले उच्च अदालत पाटनको थुनछेक आदेश बदर गर्दै अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

तर, मंगलबार विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले अग्रवाललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

सर्वोच्चले आफ्नो आदेशमा विभिन्न अभियोगमा अग्रवालको प्रत्यक्ष भूमिका नदेखिएको अनि उमेर र स्वास्थ्य अवस्थासमेतलाई आधार बनाउँदै थुनामुक्त गर्न आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेशमा विवादित कर्जासम्बन्धी कागजातमा उनको हस्ताक्षर नरहेको तथा जग्गा खरिद र बैना रकमसम्बन्धी निर्णयमा प्रत्यक्ष संलग्नता नदेखिएको उल्लेख गरेको छ ।

यस्तो थियो सर्वोच्चको आदेश–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?