News Summary
Generated by OK AI. Editorially reviewed.- विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका सहसचिव मदन दाहाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
- दाहालमाथि हिमालयन लाइफ इन्सुरेन्सको चार अर्ब २७ करोड रुपैयाँ दुरुपयोग गरेको तथा नियमनमा लापरबाही गरेको आरोप छ ।
- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन अर्ब ५० करोड रुपैयाँ बिगो कायम गरी दाहाललाई कारबाहीको माग गरेको थियो ।
१ भदौ, काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप खेपिरहेका सहसचिव मदन दाहाललाई १५ लाख रुपैंया धरौटीमा छाड्न आदेश दिएको छ ।
विशेष अदालतमा हाजिर भएर बयान गरेका दाहाललाई विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र बिदुर कोइरालाको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।
दाहालमाथि हिमालयन लाइफ इन्सुरेन्स कम्पनीको कोषको करिव चार अर्ब २७ रुपैंया दुरुपयोगमा भूमिका खेलेको आरोप थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष दाहालमाथि एउटै कम्पनीलाई बारम्बार समान प्रकृतिको लगानी गर्न स्विकृती दिएको, एउटै शेयरमा लगानी केन्द्रकरण भई उच्च जोखिम हुदा नियमनकारी निकायले नियमन नगरेको लगायतका आरोप लगाएको थियो ।
विभागले तीन अर्ब ५० करोड रुपैंया विगो निर्धारण गरी दाहालमाथि त्यसको आधा रकम भराउन माग गरेको थियो ।
प्रतिक्रिया 4