Comments Add Comment

‘आप्पा’मा दया, सिद्धान्त र अल्लोनाको ‘अमला’

नायक दयाहाङ राइको मुख्य भूमिका रहेको चलचित्र ‘आप्पा’मा समावेश नयाँ गीत ‘अमला’ सार्वजनिक भएको छ । गीत रिलिजसँगै चलचित्रको नयाँ प्रदर्शन मिति पनि तय गरिएको छ । अब, यो चलचित्र जेठ २४ गतेबाट पछि सरेर असारको १३ गतेबाट रिलिज हुने भएको छ ।

सार्वजनिक गीतको भिडियोलाई रेनशा वान्तवा राइले निर्देशन गरेकी हुन् । भिडियोमा किरण थापा, बुद्ध लामा र सुरैन राइको कोरियोग्राफी छ । गीतमा हर्क साउँदको शब्द, एसडी योगी र सुशानत गौतमको संगीत, एसडी र मेलिना राइको स्वर छ ।

बाबु र छोराको सम्बन्ध देखाएको यो चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । अ माउन्टेन स्टोरिज प्रोडक्शन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा सादा लेप्चाको लगानी छ । यो चलचित्रमा दयाहाङ राई, सिद्धान्तराज तामाङ, अल्लोना काबो लेप्चाको मुख्य भूमिका छ ।

चलचित्रमा निर्देशक अनमोलको कथा, अनमोल र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डी कार्कीको छायाकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment