Comments Add Comment

बर्षा भन्छिन्–‘कलाकारका लागि मेकअप अत्यावश्यक’

लगनखेलमा संचालनमा आएको ‘मायाज ब्यूटी पार्लर’ उद्घाटन गर्न नायिका बर्षा सिवाकोटी पुगेकी छिन् । विगत एक दशकदेखि सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरीले यो पार्लर संचालनमा ल्याएकी हुन् । भक्तपुरको सूर्यविनायकमा मुख्य केन्द्र रहेको यो पार्लरको शाखा नयाँ बानेश्वर र कलंकीमा समेत शाखा छ ।

कार्यक्रममा नायिका सिवाकोटीले भनिन्–‘महिलाको लागि पछिल्लो समय सौन्दर्य कलाका जान्नु र सुन्दर बन्नु अत्यावश्यक बनेको छ । त्यसमाथि हामी कला क्षेत्रमा लागेकाहरुका लागि त मेकअप निकै आवश्यक छ । मायाले नाम जस्तै माया पाओस् ।’

पार्लरले नायिका सिवाकोटीका लागि १ बर्षका लागि सम्पूर्ण सौन्दर्य सुबिधा निशुल्क गरेको समेत जानकारी दिएको छ । यस्तै, अन्य कलाकारलाई पनि विशेष छुट दिइने संचालिका गीता गिरीले बताइन् । नायिका सिवाकोटी अभिनित चलचित्र ‘विर विक्रम २’ जेठको ३ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment