Comments Add Comment

आँचल भन्छिन्–‘प्रेम गर्नु नराम्रो होइन, तर अहिले सिंगल छु’

चलचित्र ‘दाल भात तरकारी’को व्यापारले दंग देखिएकी नायिका आँचल शर्मा कहिलेकाही प्रेमको चर्चाले पनि रंगिने गर्छिन् । विशेषगरि, नायक पल शाहसँग उनको प्रेमको चर्चा चलेको केही समय भएको थियो । तर, अहिले चलचित्र बजारमा पल र आँचल अलग भएको चर्चा समेत चलेको छ ।

आँचल पलसँग आफ्नो सम्बन्ध प्रेम भन्दा माथि रहेको र पल र आफ्नो मित्रता सधै नै उस्तै रहने बताउँछिन् । तर, चलचित्र बजारमा नायिका आँचल शर्माको जीवनमा कोही मानिसको प्रवेश भएको समेत चर्चा छ । के बजारमा चलेको यो चर्चा सत्य हो ? आँचलले भनिन्–‘प्रेम गर्नु सामान्य कुरा हो । तर, अहिले म प्रेममा छैन ।’

आँचलले आफ्नो व्यक्तिगत जीवनको बिषयमा धेरै कुरा बाहिर ल्याउन मन नलाग्ने समेत बताइन् । आँचलले भनिन्–‘कतिपय व्यक्तिगत कुरालाई देखाउन मन छ या छैन भन्ने कुरा मेरो निर्णय हो । म प्रेम वा मेरो व्यक्तिगत जीवनको कुरा बाहिर आओस् भन्ने खासै चाहन्नँ । व्यक्तिगत र व्यवसायिक कुरा फरक हो । कतिपय कुराहरुले भोलीलाई पनि गाह्रो पर्छ । भोली कसले पो देखेको छ र ?’ आँचलले पलसँगको प्रेमको बिषयमा भनिन्–‘पलजीसँगको सम्बन्धको चर्चामा कोहीसँग पनि प्रमाण थिएनँ । तर, म यस्तो कुरा आओस् भन्ने पनि चाहन्नँ । नायिका भैसकेपछि यस्ता कुराहरु कहिलेकाही चल्छन् । प्रेम गर्नु नै नराम्रो त होइन, तर अहिले म सिंगल छु ।’

नायिका आँचल शर्माले बजारमा चलेको हल्लालाई गलत समेत भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment