+
+
Shares

जन्मदिनमा सन्नीः वेटर, पोर्नस्टारपछि बलिउड स्टार

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३० गते १४:३१

बलिउड नायिका सन्नी लियोनी आजबाट ३८ वर्षमा प्रवेश गरेकी छिन् । एडल्ट चलचित्रमा काम गरेर चर्चामा आएकी सन्नीले बलिउड चलचित्रमा पनि राम्रो स्थान बनाएकी छिन् ।

कसरी बनिन् पोर्न स्टार ?
सन्नी लियोनी सामान्य परिवारमा जन्मिएकी थिइन् । सन्नीका बुबा पन्जाबी थिए । आमा भने हिमाञ्चल प्रदेश रिमौरीकी थिइन् । सन्नी १३ वर्षको हुदाँ उनको परिवार अमेरिका बसाई सरेको थियो । जब सन्नी १९ वर्षकी थिइन्, त्यो समय उनले जागिर सुरु गरेकी थिइन् । एक बेकरीमा उनी वेटरका रुपमा काम गर्थिन् । पछि टेक्स एन्ड रिटायरमेन्ट फर्ममा नर्सका रुपमा काम गरिन् । त्यहाँ काम गर्दा सहकर्मी साथीहरुले उनलाई मोडलिङ गर्न सुझाउथे । एक साथीले त उनलाई फोटोसुटको अवसर पनि दिलाइन् ।

सन्नीले पेन्टहाउस नामक म्यागजिनका लागि एडल्ट तस्विर खिचाएकी थिइन् । उनको उक्त न्युड तस्विर निकै भाइरल भयो । त्यसपछि सन्नीलाई धेरै ठाउँबाट अफरहरु आए । उनलाई त्यही समयमा पोर्न चलचित्रबाट पनि अफर आएको थियो ।

सन्नीको नाम उनका मातापिताले करनजित कौर राखेका थिए । तर, उनले फोटोसुटको समयमा आफ्नो नाम परिवर्तन गरेर सन्नी लियोनी राखेकी थिइन् । उक्त फोटोसुट पछि उनी २००३ मा ‘विविड इन्टरटेन्टमेन्ट’ नामक प्रोडक्सन हाउसमा अनुबन्धित भइन् । उनी त्यहाँ ३ वर्षको लागि अनुबन्धित भएकी थिइन् । त्यो समयमा उनले ३ दर्जन हाराहरीमा पोर्न चलचित्रमा काम गरिन् ।

सन्नी अमेरिकामा मात्र नभएर विश्वभर नै चर्चामा थिइन् । उनले पोर्न चलचित्रबाट नै धेरै पटक अवार्ड समेत पाएकी छिन् ।

बलिउड प्रवेश
सन्नी लियोनी चर्चित रियालिटी शो ‘बिग बोस’मा सहभागी भएकी भइन् । उक्त शोबाट नै उनलाई बलिउड प्रवेशको ढोका खुलेको हो । उनले सहभागिता जनाउँदा निर्देशक महेश भट्ट पनि शोमा अतिथीको रुपमा पुगेका थिए । महेशले सो समयमा नै ‘जिस्म २’का लागि सन्नीलाई अफर गरेका थिए ।

‘जिस्म २’ बाट बलिउडमा प्रवेश पाएकी सन्नीले त्यसपछि धेरै चलचित्रमा काम गरेकी छिन् । विभिन्न ब्राण्डको विज्ञापनमा पनि उनको उपस्थिती बाक्लो छ । अझ कुनै समय चलचित्रको आइटम गीतमा त सन्नी पहिलो रोजाई बन्ने गर्थिन् ।
सन्नी लियोनीको जीवनमा आएका उत्तारचढाव रोचक छन् । तर, उनले अहिले पोर्न दुनियाँ छाडेर भारतमा नै आफूलाई स्थापित गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?