Comments Add Comment

कतार एयरवेजद्वारा अत्यावश्यक खाद्य सामाग्री वितरण

दोहा । रमादानको पवित्र महिनाको अवसरमा, कतार एयरवेजले कतार च्यारिटीसँगको सहकार्यमा एक कार्यक्रम आयोजना गरी काठमाडौंमा अभावमा रहेका परिवारहरुलाई अत्यावश्यक खाद्य सामाग्री प्रदान गरेको छ । उक्त कार्यक्रम ११ मे २०१९ शनिबारको दिन काठमाडौँको कमलादीस्थित सि.डब्लु पार्टी प्यालेसमा आयोजना गरिएको थियो ।

सो कार्यक्रम मार्फत प्रत्येक परिवारले २५ किलो चामल, ३ किलो चिनी, ५ किलो पिठो, ३ किलो चना, १ किलो नुन, १ किलो सनफ्लावर सिड्स र ५ लिटर सनˆलावर तेल प्राप्त गरेको छ ।

नेपालको लागि कतार एयरवेजका स्थानीय प्रमुख मोहम्मद एल ईमामले भने, “यहाँ काठमाडौँमा यी परिवारहरुलाई अत्यावश्यक सामाग्री उपलब्ध गराई सहयोग गर्ने अवसर पाउँदा हामी अत्यन्तै खुसी छौँ । कतार च्यारिटीसँगको सहकार्यमा आयोजित यस अभियान नेपालका जनताहरुप्रतिको हाम्रो प्रतिबद्धता प्रदर्शन गर्ने एक माध्यम पनि हो । रमादानको पवित्र उत्सवले अरुलाई दिनुको महत्वको बारेमा हामीलाई स्मरण गराउँछ र हामी काठमाडौँको स्थानीय समुदायलाई सहयोग पुर्‍याउने मौका प्राप्त गर्दा निकै हषिर्त छौँ । “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment