+

बंगलादेशसँग हार्‍यो वेष्ट इन्डिज

२०७६ वैशाख  ३१ गते ६:२९ २०७६ वैशाख ३१ गते ६:२९
बंगलादेशसँग हार्‍यो वेष्ट इन्डिज

३१ वैशाख, काठमाडौं । त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा वेष्ट इन्डिज बंगलादेशसँग पराजित भएको छ ।

सोमबार आयरल्यान्डमा जारी सिरिजको पाँचौं खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको हो । २४८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४७.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

बंगलादेशका लागि मुस्फिक्युर रहिमले ६३, सौम्या सरकारले ५४, मोहम्मद मिथुनले ४३ र मोहम्मुदु्ल्लाले अविजित ३० रन बनाए । वेष्ट इन्डिजका लागि अश्लेय नर्सले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २४७ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि शाइ होपले ८७ र कप्तान जासन होल्डरले ६२ रन बनाएका थिए । बलिङतर्फ मुस्ताफिजुर रहमानले ४ र मश्राफे मोर्टजाले तीन विकेट लिए ।

जित हात पारेसँगै बंगलादेश त्रिकोणात्मक सिरिजको शीर्ष स्थानमा उक्लिएको छ । बंगलादेशको ३ खेलबाट १० अंक रहेको छ । यता पराजित वेष्ट इन्डिजको भने चार खेलबाट ९ अंक हुदा पुछारमा रहेको आयरल्याडको तीन खेलबाट दुई अंक मात्रै छ ।

 

लेखक
आईसीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय