Comments Add Comment

नेपाल र कम्बोडियाका चेम्बरबीच व्यापारिक सम्झौता

३१ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच व्यापारिक सम्झौता भएको छ ।

कम्बोडिया भ्रमण रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीमा गएका नेपाल चेम्बर अफ कमर्शको टोलिले कम्बोडियाको चेम्बरसँग सोमबार सम्झौता गरेको हो ।

नेपालका प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री हु सेनको उपस्थितिमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बर अफ कमर्शका उपाध्यक्ष लिम हेङले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
व्यापार व्यापारिक समुदायहरुबीच राम्रो सहयोग र समन्वयको भावनालाई जोड दिनेलगायतका विषय पनि सम्झौतापत्रमा उल्लेख छ ।

विभन्न ९ वटा बुँदा समेटिएको सम्झौतापत्रमा दुई देशको व्यापारिक विकास र वैैदेशिक सम्बन्ध प्रगाढ र सुदृढ कायम गर्ने विषय उल्लेख गरिएको नेपाल चेम्बर अफ कर्मसका निर्देशक किरण अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment