+
+

सारुक र मलिनाको निकटता

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३१ गते १३:१४

चलचित्र ‘रानी’मा सँगै काम गरेपछि नायिका मलिना जोशी र नायक सारुक ताम्राकार नजिक भएका हुन् । उनीहरुले घुमफिर गरेको तस्बिर पनि मिडियामा सार्वजनिक नभएका होइनन् । हुनत, चलचित्र बजारमा सारुक र मलिनाको प्रेम नै छ भन्ने चर्चा नचलेको होइन । तर, यी दुबैले आजसम्म प्रेम भन्दा पनि मिल्ने साथी भनेर जवाफ दिदै आएका छन् ।

केही दिन अगाडि काठमाण्डौको पाँच चारे होटलमा आयोजना भएको निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्ज्वल शमशेर जबराको बिहे पार्टीमा सारुक र मलिना एकसाथ पुगेका थिए । सारुक र मलिनाले सुरुवातमा त मिडियासँग एकसाथ तस्बिर खिचाउन असहज माने । तर, पछि मिडियाकै आग्रहमा उनीहरु तस्बिर खिचाउन तयार भए ।

नेपाली चलचित्रमा सारुक र मलिनाको जोडी पर्दामा चर्चित छैन । उनीहरुको ‘रानी’ चलचित्र चलेको भए जोडी पक्कै पनि जम्थ्यो होला । तर, चलचित्र नचल्दा दुइलाई नै समस्या भएको छ । तर, वास्तविक जीवनमा भने मलिना र सारुकको निकटता गज्जबको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?