
१ जेठ, काठमाडौं । भ्रष्टाचारको मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक अदालतमा हाजिर भएका छन् ।
पाठक बुधबार विशेष अदालतमा हाजिर भएका छन् । अहिले अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासमा बयान भइरहेको छ ।
भक्तपुरको इन्जिनियरिङ कलेजको छानबिन रोक्न ७८ लाख घुस लिएका पाठकविरुद्ध १२ चैतमा भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4