Comments Add Comment

अस्ट्रेलिया जाने विद्यार्थीका लागि एबीसीको एजुकेसन सेमिनार

१ जेठ, काठमाडौं । अस्ट्रेलिया उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीका लागि विश्वासिलो कन्सलटेन्सीका रुपमा परिचित छ, एबीसी इजुकेसन एन्ड माइग्रेसन । अस्ट्रेलियाको सिड्नीमा केन्द्रीय अफिस रहेको काठमाडौं शाखाले स्थापना कालदेखि नै छोटो समयमै लक्ष्यभन्दा बढी सफलता पाएको इन्टरनेसनल म्यानेजर, सेल्स एन्ड मार्केटिङ किरण भट्टराई बताउँछन् ।

एबीसीले आफ्नो स्थापना कालदेखि उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

एबीसीले २ र ४ जेठमा इजुकेसन इन्फरमेसन सेमिनार तथा फेयर आयोजना गर्दै छ । कार्यक्रममा अस्ट्रेलियाका ८ वटा विश्वविद्यालयका प्रतिनिधि सहभागी हुने भट्टराईले जानकारी दिए । सन् २०१५ मा अस्ट्रेलियाको सिड्नीमा स्थापना भएको उक्त कन्सलटेन्सीले अहिलेसम्म २ सय ५० भन्दा बढी विद्यार्थीलाई अस्ट्रेलिया पुर्याइसकेको उनको भनाइ छ ।

पछिल्लो समय १२ कक्षा सकेपछि अधिकांश विद्यार्थीको मनस्थिति विदेश जाने हुन्छ । आफ्नो छोराछोरीले अस्ट्रेलिया गएर कुन विषयमा अध्ययन गर्छन् र कुन विश्वविद्यालय पढ्न जाँदै छन् भन्ने विषयमा जानकार हुनुपर्छ । यही विषय जानकारी गराउन सेमिनार आयोजना गरिएको हो ।

विद्यार्थीका लागि अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष रूपमा साक्षात्कार गराउन सेमिनार आयोजना गरिएको हो । एबीसी एजुकेसन इन्फरमेसन सेमिनार–२०१९ काठमाडौं र चितवनमा आयोजना गर्न लागिएको हो ।

काठमाडौंमा २ जेठ र चितवनमा ४ जेठमा हुने सेमिनारमा वेस्टन विश्वविद्यालय, एक्सलसिया कलेज, साउथर्न क्रस विश्वद्यालयलगायतका आठ वटा विश्वविद्यालयका प्रतिनिधि आउने उनले बताए । ‘नर्सिङ पढ्ने मन भएका विद्यार्थीले ७ अंक ल्याउनुपर्छ । यदि , त्यति नम्बर ल्याउन सकेन भने त्यसको अप्सन के हुन सक्छ ? विद्यार्थीले चिन्ता गर्नुपर्दैन । त्यसका लागि अन्य कलेजलाई ल्याएका छौं,’ उनले भने ।

अस्ट्रेलिया जानुअघि विद्यार्थी प्रोसेस गर्न आर्थिक र मानसिक रुपमा योजना बनाउन थाल्छन् । उनीहरू अभिभावक सल्लाह गर्छन् र योजना बनाउँछन् । उनले भने, ‘सेमिनारमा विद्यार्थीभन्दा अभिभावकका लागि महत्वपूर्ण छ । किनभने लगानी उहाँहरुको हो नि । उहाँहरुले ठूलै रकम जोखिम मोलेर पठाउनुहुन्छ । घरधितो राखेर समेत पठाएको हामीले देखेका छांै । त्यो लगानी सही ठाउँमा पुग्नुपर्याे । त्यसरी पनि यो सेमिनार अभिभावकका लागि महत्त्वपूर्ण छ ।’

‘१० वर्षभन्दा बढी अस्ट्रेलियामा बसोबास गरेर त्यहाँका विश्वविद्यालयमा अध्ययन गरेका व्यक्तिले इजुकेसन स्थापना गरेको हो,’ उनले भने, ‘अब चाँडै नै नेपालका काठमाडौं, चितवान, विर्तामोडलगायत ४ सहरमा यसको शाखा स्थापना लागिरहेका छौं । त्यस्तै, बुटवलमा पनि केही समयपछि यसको शाखा राख्ने उद्देश्य राखिएको छ ।’

‘एबीसीले गत वर्ष चार सयभन्दा बढी विद्यार्थी र अभिभावकको प्रत्यक्ष सहभागिता गराएको थियो । यस वर्ष पनि अभिभावक र विद्यार्थीको सहभागिता हुन्छ भन्ने आशा गरेका छौं,’ उनले भने ।

एबीसी इजुकेसन एन्ड माइग्रेसनको आफ्नै हलमा १० देखि ३ बजेसम्म सेमिनार सञ्चालन गरिनेछ । त्यस्तै, ४ जेठदेखि चितवनको भरतपुर गार्डेन रिर्साेटमा बिहान १० देखि ३ बजेसम्म सेमिनार सञ्चालन हुने उनले जानकारी दिए । सन् २०१९ मा थुप्रै विश्वविद्यालयसँग काम गरेको बताउँदै उनले सेमिनारमा सहभागी हुन विद्यार्थी तथा अभिभावकलाई आह्वानसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment