Comments Add Comment

आत्महत्याको प्रमुख कारण वैदेशिक रोजगारी !

२ जेठ, रामेछाप । चालु आर्थिक वर्ष रामेछापमा १८ पुरुष र १३ महिला गरी ३१ जनाले आत्महत्या गरेका छन् । प्रहरीकाअनुसार आत्महत्याको एउटा प्रमुख कारणमा वैदेशिक रोजगारी पनि देखिएको छ ।

गत आवमा जिल्लामा १८ पुरुष र २५ जना महिला गरी ४३ जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेमा १८ देखि ३० वर्ष उमेर समुुहका युवा युवतीहरुको संख्या धेरै रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता शेख अदालतले बताए । २०७२ सालको भूकम्पपछि आत्महत्या गर्नेको संख्या बढेको उनको भनाइ छ ।

आत्महत्याको मुल कारणमा वैदेशिक रोजगारी, मानसिक तनाव, प्रेममा धोका, परिवारिक कलह लगायत रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

आत्महत्या गर्नेमध्ये सबैभन्दा धेरैले बिष सेवन गरेका छन् । त्यसपछि झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी रहेको प्रहरी प्रवक्ता अदालतले बताए ।

नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका महिलाहरुको मृत्युको प्रमुख कारण आत्महत्या देखिएको छ । यस अगाडि मृत्युको प्रमुख कारण प्रसूतिसम्बन्धी समस्या थियो । अहिले आत्महत्याले यसलाई उछिनेको हो ।

उदासीनता (डिप्रेसन), रक्सी तथा लागु औषधको प्रयोग, कडा किसिमको मानसिक रोग (स्चिजोफ्रेनिया, बाइपोलर डिसअर्डर, चिन्ता (एन्जायटी), र असन्तुलित बानी व्यहोरा (पर्सनालिटी डिसआर्डर) को समस्याले मानिसले आत्माहत्या गर्ने मनोविदहरु बताउँछन् ।

यस्ता समस्यामा मानिसहरु आफ्ना जीवनमा आइपर्ने सानातिना समस्यासँग लड्न नसक्ने र भविष्य अन्धकार देख्ने हुँदा आत्महत्याको बाटो रोज्ने गर्छन् ।

मानिसलाई मर्न मन लाग्नु वा आत्महत्याको प्रयास गर्नु वा आत्महत्या गर्नु एक खालको रोग भएको मनोपरामर्शकर्ता पाण्डव प्रसाईँ बताउँछन् । मर्न मन लाग्ने वा आत्माहत्याको सोच पलाउने वित्तिकै त्यस्तो मानिसलाई उपचारको लागि लैजाने हो भने उनीहरुको उपचार हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment